मेष राशि (चु, चे, चो, ला, ली, लू, ले, लो, अ) आज अभ्यासमा निरन्तरता आवश्यक छ। आफ्नो लक्ष्यप्रति स्पष्ट भएर अघि बढ्ने दिन हो।मनको कुरा स्पष्ट राख्दा सम्बन्ध राम्रो हुनेछ।
वृष राशि (ई, उ, ए, ओ, वा, वी, वू, वे, वो)
आज धैर्यले काम गर्नेहरूका लागि राम्रो अवसर बन्न सक्छ। परिवारको सल्लाह र पुरानो अनुभवले निर्णय लिन सहज बनाउनेछ। अनावश्यक चिन्ता नगर्नुहोस्।
मिथुन राशि (का, की, कु, घ, ङ, छ, के, को, ह)
आज नयाँ मानिससँग भेटघाट वा विचार आदानप्रदान हुन सक्छ। तपाईंको बोल्ने शैलीले राम्रो प्रभाव पार्न सक्छ। तर बोलेको कुरा पूरा गर्ने प्रयास गर्नुहोस्।
कर्कट राशि (ही, हू, हे, हो, डा, डी, डू, डे, डो)
आज पर्याप्त निद्रा लिनुहोस्। घरपरिवार र व्यक्तिगत कामलाई सन्तुलनमा राख्नुपर्नेछ। पुरानो विषयमा छलफल हुन सक्छ। रसमझदारी पुर्बक कार्य गर्नु होला ।
सिंह राशि (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आज आर्थिक योजना बनाउन उपयोगी दिन हुनेछ। आफ्नो क्षमता देखाउने अवसर आउन सक्छ। जिम्मेवारीलाई सकारात्मक रूपमा लिनुहोस्। अरुको साथ सहयोग ले तपाईंको सम्बन्ध अझ राम्रो बन्नेछ।
कन्या राशि (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज सानो प्रयासले पनि ठूलो कामको बाटो खोल्न सक्छ। अधुरो जिम्मेवारी पूरा गर्ने सोच बन्नेछ। अरूको कमजोरी खोज्नुभन्दा आफ्नै काम सुधार्नु राम्रो हुनेछ।
तुला राशि (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आज सहकार्य र समझदारीबाट काम अघि बढ्नेछ। कसैसँग नयाँ योजना बनाउने अवसर मिल्न सक्छ। निर्णय गर्दा दुवै पक्षको कुरा सुन्नु लाभदायक हुनेछ।
वृश्चिक राशि (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज लेनदेनमा सावधानी अपनाउनुहोस्। आफ्नो योजनालाई गोप्य र व्यवस्थित ढङ्गले अघि बढाउनु राम्रो हुनेछ। पुरानो अनुभवले नयाँ बाटो देखाउन सक्छ। आवेगमा निर्णय नगर्नुहोस्।
धनु राशि (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आज मान्यजन को सुझावले सहयोग गर्नेछ। नयाँ अनुभव र ज्ञानतर्फ आकर्षण बढ्नेछ। लामो समयदेखि सोचिरहेको काम सुरु गर्ने योजना बन्न सक्छ। लक्ष्य पूरा गर्न धैर्य र निरन्तरता आवश्यक हुनेछ।
मकर (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आज शरीरलाई पर्याप्त विश्राम दिनुहोस्। जिम्मेवारी पूरा गर्ने क्रममा व्यस्तता बढ्न सक्छ। कामलाई प्राथमिकताअनुसार बाँडेर अघि बढ्नुहोस्। सानो सफलताले पनि आगामी कामका लागि उत्साह दिनेछ।
कुम्भ राशि (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आज सिर्जनात्मक विषयमा रुचि बढ्नेछ। नयाँ विचार र सिर्जनात्मक काममा मन जानेछ। साथीभाइको सुझावबाट उपयोगी उपाय भेटिन सक्छ। आफ्नो समय अरूका काममा मात्र खर्च नगर्नुहोस्।
मीन राशि (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज आर्थिक विषयमा सावधानी अपनाउनुहोस्। कल्पनालाई व्यवहारमा उतार्ने प्रयास गर्नुहोस्। परिवारको साथ र साथीहरूको सहयोगले आत्मविश्वास बढ्न सक्छ। कुनै पनि निर्णय लिनुअघि सोचेर लिनुहोला।
— गुरु संजिब विनोद चालिसे

NPL Special
NPL Special
NPL Special
NPL Special