काठमाडौं, नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको प्रतियोगिताबाट यात्रा टुंगिएको हो।
पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो। नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए। उनले ५० बलमा उक्त रन बनाउँदै अन्तिम विकेटका रूपमा आउट भए। बसिर अहमदले ११ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका ६ खेलाडी शून्य रनमा आउट भए।
पाकिस्तानका मोहम्मद हसनैन र सुफ्यान मोकिमले समान तीन विकेट लिए। इमरान रान्धवाले दुई तथा माज सदाकतले एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तान ४२ ओभरमा १६८ रनमा समेटिएको थियो। उसका रोहेल नाजिरले अविजित ६४ र हसन नवाजले २८ रन बनाए।
नेपालका राशिद खानले आठ ओभरमा ३९ रन खर्चेर पाँच विकेट लिए। यो उनको लिस्ट ए करियरको पहिलो पाँच विकेट प्रदर्शन हो। अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ३०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो। तीनवटै खेल जितेको पाकिस्तान समूह ‘बी’ को विजेता र भारत उपविजेता बन्दै सेमिफाइनल पुगेका छन्।
मिलानअनुसार खेलाडीका नाम सुधार्नुहोस्प्रतियोगिताको नाम र टोली स्पष्ट पार्नुहोस्


NPL Special
NPL Special
NPL Special
NPL Special