काठमाडौं, आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्नेछ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशको हिमाली भूभागमा पनि आंशिक बदली हुने महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा तराईका भूभाग, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special