काठमाडौं, आयोजक स्वर्णिम फुटबल क्लबलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब रात्रिकालीन प्रथम धरान अन्तराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति धरान-१६ स्थित धरान रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा खेलको सातौँ मिनेटमा मीना देउवाले पहिलो गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिइन् । त्यसपछि ३१औँ मिनेटमा रेखा पौडेलले गोल गरिन् भने ३५औँ मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा पुलिसले ३-० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको नवौँ मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसको १७औँ मिनेटमा विर्षणा चौधरीले गोल गरिन् भने खेलको ३३औँ मिनेटमा अनुष्का शेर्पाले थप एक गोल गरेपछि पुलिसले ६-० को जित सुनिश्चित गरेको हो ।
आजको खेलको ‘प्लेयर अफ दी म्याच’ मीना देउवा घोषित भइन् । यस जितसँगै नेपाल पुलिसले शनिबार फाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदुई पूर्वमन्त्रीसहित छ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप


NPL Special
NPL Special
NPL Special
NPL Special