काठमाडौं, निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी थालेको छ । निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे सुझाव लिन आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफलका लागि आज बिहान ११ः३० बजे दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ । छलफलमा स्थानीय तह निर्वाचनका विषयमा आवश्यक परामर्श गरिनेछ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आयोगले छलफलमा बोलाएको छ ।
स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ । त्यसलाई मध्यनजर गर्दै आयोगले निर्वाचनको मिति निर्धारण र व्यवस्थापनका विषयमा गृहकार्य अघि बढाएको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल
Previous Articleआयोजकलाई ६-० ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा
Next Article सात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुल


NPL Special
NPL Special
NPL Special
NPL Special