काठमाडौं, गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित छ जनामाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले चार दिनको म्याद थप गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित छ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार पक्राउ पर्ने अन्यमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।
प्रवक्ता जबराले उनीहरूमाथि थप अनुसन्धान गर्न हिजो जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थपको अनुमति प्राप्त भएको जानकारी दिए ।
सिआइबीले मङ्सिर २ गते काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दुई पूर्वमन्त्रीसहित छ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
Previous Articleएन्फामाथिको निलम्बन फुकुवा गर्न फिफा सकारात्मक
Next Article आयोजकलाई ६-० ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा


NPL Special
NPL Special
NPL Special
NPL Special