काठमाडौं, प्रधानमन्त्री बालेन शाहले चीन भ्रमणमा जाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई भ्रमणलाई घुमघाममा सीमित नराखी नेपालको राष्ट्रिय हितमा केन्द्रित गर्न निर्देशन दिएका छन्। नोभेम्बर १५ देखि २६ सम्म हुने भ्रमणबारे जानकारी गराउन शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका टोलीलाई प्रविधि, व्यापार, पर्यटन, अर्थतन्त्र र कृषिको आधुनिकीकरणका क्षेत्रमा सहकार्यका सम्भावना अध्ययन गर्न आग्रह गरिएको रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले बताएका छन्। नेपाल–चीन सीमा विषयमा भने छलफल नहुने उनले स्पष्ट पारेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special