काठमाडौं, सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालीको साझा सम्पदा भएको बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै उनले नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनसँग जोडिएको भएपनि यो नेपालीको साझा सम्पदा भएको बताएका हुन् ।
“राष्ट्रिय विभूति शङ्खधर साख्वाः ऋणमा डुबेका जनतालाई ऋण मुक्त गराई प्रारम्भ गर्नुभएको नेपाल संवत् नेपालको मौलिक ऐतिहासिक संवत् हो । यसले नेपालको सांस्कृतिक पहिचान, समाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण इतिहास बोकेको छ । जनकल्याण, परोपकार र समाजिक न्यायको भावना यस संवत्का विशिष्ट सन्देश हुन् ।”, उनले सन्देशमा भनेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल
Previous Articleरियादमा क्षेप्यास्त्र रोकिएपछि विस्फोटका आवाज


NPL Special
NPL Special
NPL Special
NPL Special