काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्सिर १ देखि ११ गतेसम्म भएका काम तथा प्रगति विवरण सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी कार्यालयले विभिन्न नीतिगत, प्रशासनिक तथा विकाससम्बन्धी कामको विवरण सार्वजनिक गरेको हो।
कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनःस्थापना र सामाजिक संरक्षणका लागि तयार गरिएको एकीकृत प्याकेज कार्यान्वयनको समीक्षा गरिएको छ। नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेशको मस्यौदासमेत तयार गरिएको छ।
यस अवधिमा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास भएको छ भने सार्वजनिक खरिद अनुगमन कार्यालयले २९ फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ।
त्यस्तै, राष्ट्रिय दूरसञ्चार नीति, साइबर सुरक्षा, सूचना प्रविधि लगानी सहजीकरण र सार्वजनिक खरिद प्रणाली सुधारका काम अघि बढाइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मङ्सिर ११ गतेसम्म १८ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी मौज्दात रहेको कार्यालयले जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special