काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ३५ सदस्यीय सरकारी टोली सहभागी भएको छ। यसअघि ३४ सदस्यीय टोली तय गरिएकामा अन्तिम समयमा एकजनाको नाम थपिएको हो।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन्।
त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रुद्रसिंह तामाङ र लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब पनि टोलीमा सहभागी छन्।
टोलीमा परराष्ट्र मन्त्रालयका अधिकारी, प्रधानमन्त्रीको सचिवालयका सदस्य, सुरक्षाकर्मी तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधि पनि छन्।
भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालसहित गोरखापत्र, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका सञ्चारकर्मीसमेत समेटिएका छन्। अन्तिम समयमा थपिएका सदस्य मुकेश डंगोल हुन्, जो नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक हुन्।


NPL Special
NPL Special
NPL Special
NPL Special