काठमाडौं, चलचित्र ‘क का कि की’को प्रचारका क्रममा कलाकार गौरी मल्ल र मनोज गजुरेललाई प्रहरीले पक्राउ गरेको दृश्य सार्वजनिक भएपछि निर्माण टिम विवादमा परेको छ। शनिबार ट्रेलर सार्वजनिक कार्यक्रममा सार्वजनिक गरिएको उक्त भिडियोमा प्रहरी पोसाक र भ्यान प्रयोग गरिएकाले कलाकारहरू साँच्चिकै पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलिएको थियो। कतिपयले निर्माण टिमको आलोचना गरेका थिए भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि सरकारसँग जवाफ मागेका थिए।
विवाद बढेपछि निर्देशक विक्की अग्रवालले प्रहरीसँग समन्वय र अनुमति लिएरै प्रचारात्मक दृश्य तयार गरिएको स्पष्ट पारेका छन्। उनले उक्त दृश्य चलचित्रको कथामा आधारित काल्पनिक प्रस्तुति भएको र कुनै कलाकार पक्राउ नपरेको बताएका छन्। कलाकार मनोज गजुरेलले पनि दर्शकमा परेको भ्रम र असुविधाप्रति माफी मागेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special