रसुवा, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकोशी बाढीबाट प्रभावित समुदायको अवस्था बुझ्न आज रसुवाको आमाछोदिङमो गाउँपालिकामा आएकी छन् । गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री बादीले बाढीबाट महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायमा परेको प्रभावबारे जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ ।
अनुगमनका क्रममा उनले बाढीपछिको अवस्था, प्रभावित समुदायका तत्कालीन आवश्यकता र उनीहरूले भोग्नुपरेका समस्याबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल गरेकी थिइन् ।
मन्त्री बादीले बाढी प्रभावित महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायको संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षा सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बाढी प्रभावित समुदायको अवस्था बुझ्न मन्त्री बादी रसुवामा
Previous Articleबिग ब्यासमा अनौठो तरिकाले आउट भइन् ब्याटर


NPL Special
NPL Special
NPL Special
NPL Special