काठमाडौं, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्याएको छ ।
हावाहुरीले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनास्थित नेपाली सेनाको सुरक्षा बेसक्याम्प, निर्माण कम्पनीको गोदाम तथा आवास भवनमा करोडौँको क्षति पुर्याउँदा आयोजनाको निर्माण कार्य प्रभावित भएको छ ।
यसैगरी, धवलागिरि आधारभूत विद्यालय र स्थानीयका घरको छाना उडाउनुका साथै सुन्तला बगैँचामा समेत क्षति पुगेको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकका लागि राखिएका १२ वटा टेन्ट उडाउँदा पदयात्रीलाई बास बस्न समस्या भएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
म्याग्दीको नारच्याङमा भीषण हावाहुरी: जलविद्युत् आयोजना, विद्यालय र घरमा ठूलो क्षति
Previous Article‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक
Next Article नेपाली क्रिकेट टोली स्वदेश फिर्ता


NPL Special
NPL Special
NPL Special
NPL Special