काठमाडौं, छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिको गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अर्घ्य दान गरेका छन् ।
प्रथम महिला सविता पौडेलसहित छठ पूजा स्थल पुग्नुभएका राष्ट्रपति पौडेलले छठी माताको प्रतिमामा पूजा आराधना गरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेका थिए । राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिएका ६०० भन्दाबढी छठ घाट अर्थात् पूजा स्थलमा जम्मा भएका व्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ्य दिएर छठ पर्व मनाउँदै छन् ।
राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं सदस्यहरु तथा छठ पूजा समिति तथा गुह्येश्वरीका पदाधिकारी एवं सदस्यहरुले स्वागत गरेका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ्य दान
Previous Articleभक्तपुरका कमलपोखरीमा भक्तजनले मनाए छठ पर्व


NPL Special
NPL Special
NPL Special
NPL Special