काठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापाले २०७२ सालपछि नेपालको राजनीति पूर्णतः सत्ता केन्द्रित हुँदा सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्। १० वर्षको अवधिमा राज्यले दिनुपर्ने सेवा र परिणाम दिन नसक्दा भदौ २३ र २४ गतेका घटना भएको उनको भनाइ छ।
मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले जनसाङ्ख्यिक परिवर्तन, बसाइँसराइ, अर्थतन्त्र र प्रविधिमा आएको बदलावअनुसार राज्यले आफूलाई रूपान्तरण गर्न नसकेको बताए।
उनले भदौ २३ गतेको दमन र २४ गतेको आपराधिक घटनालाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै कांग्रेसले पनि त्यसलाई गम्भीरतापूर्वक लिएको बताए। राष्ट्रिय पार्टी भएकाले घटनालाई राजनीतिक अंकगणितमा मात्र सीमित नगरी त्यसको कारण पहिचान गरी समाधान खोज्नुपर्ने उनको धारणा थियो।
यसैबीच, थापाले पार्टीभित्रका असन्तुष्ट नेता तथा महाधिवेशनमा सहभागी नभएकाहरूसँग संवाद गर्न आफू तयार रहेको बताए। पार्टीको विधानविपरीत गतिविधि गर्नेलाई भने विधानअनुसार कारबाही गरिने उनको स्पष्टोक्ति थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special