काठमाडौं, सरकारले १५औँ राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न १९ विधामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ। मंगलबार आन्तरिक राजस्व विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत करदातालाई प्रमाणपत्रसहित सम्मान गरेको हो। भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरिएको छ।
व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह सम्मानित भएका छन्। उनी लगातार तेस्रो वर्ष यो सम्मान प्राप्त गर्न सफल भएका हुन्।
निकायगत आयकरतर्फ सूर्य नेपाल प्रालि सम्मानित भएको छ। त्यस्तै, बैंकिङ क्षेत्रबाट नबिल बैंक, रेमिट्यान्सतर्फ आईएमई लिमिटेड, पर्यटन क्षेत्रबाट सोल्टी होटल तथा जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल सम्मानित भएका छन्।
यसैगरी डाबर नेपाल, हिमालयन डिस्टिलरी, बरुण बेभरेज नेपाल, भोटेकोशी पावर कम्पनी, इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल, सीजी इम्पेक्स र छिमेक लघुवित्तलगायत संस्थाले विभिन्न विधामा सम्मान प्राप्त गरेका छन्।
अर्थमन्त्री वाग्लेले करदाता सम्मानले कर तिर्ने प्रतिस्पर्धा बढाउनुका साथै कर प्रशासन सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special