काठमाडौं, काभ्रेपलाञ्चोकको पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टमा छापा मारेर प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। मंगलबार जिल्ला प्रशासन र प्रहरीको संयुक्त टोलीले शंकास्पद गतिविधिको सूचनाका आधारमा छापा मारेको हो। नियन्त्रणमा लिइएकामध्ये ३१ पुरुष र पाँच महिला छन्। उनीहरूले दुई कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरेको र मोबाइल तथा कम्प्युटर बरामद भएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि सीआईबीको टोली बोलाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special