काठमाडौं, मेष राशि (चु, चे, चो, ला, ली, लू, ले, लो, अ)
आज नयाँ विषय सिक्न रुचि बढ्नेछ । प्रियजनको साथले आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्ध राम्रो हुनेछ। पारिवारिक सल्लाहले एउटा महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ। टाढाको व्यक्तिबाट सुखद खबर आउन सक्छ।
वृष राशि (ई, उ, ए, ओ, वा, वी, वू, वे, वो)
आज आराम र खानपानमा ध्यान दिनुहोला। पुरानो अनुभवले नयाँ समस्याको समाधान खोज्न सहयोग गर्नेछ। घरजग्गा वा पारिवारिक सम्पत्तिसम्बन्धी छलफल हुन सक्छ। अरूको जिम्मेवारी पनि आफूमाथि नलिनुहोला।
मिथुन राशि (का, की, कु, घ, ङ, छ, के, को, ह)
आज पुरानो असमझदारी हट्नेछ। रोकिएको संवाद फेरि सुरु हुने सम्भावना छ। आफ्नो विचार प्रस्तुत गर्दा स्पष्ट शब्द प्रयोग गर्नुहोला। सिर्जनात्मक काममा राम्रो उपलब्धि मिल्न सक्छ।
कर्कट राशि (ही, हू, हे, हो, डा, डी, डू, डे, डो)
आज घरको वातावरण व्यवस्थित बनाउनेतर्फ ध्यान जानेछ। परिवारका सदस्यको आवश्यकता बुझेर सहयोग गर्दा आत्मसन्तुष्टि मिल्नेछ। काममा अरूको भर पर्नुभन्दा आफ्नै योजना स्पष्ट राख्नुहोला।
सिंह राशि (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
तपाईंको सुझावलाई अरूले महत्त्व दिन सक्छन्। प्रशंसा पाए पनि नम्रता कायम राख्नुहोला। अधुरो योजनालाई पूरा गर्ने प्रेरणा मिल्नेछ।
कन्या राशि (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज सानातिना कामलाई व्यवस्थित गर्ने राम्रो अवसर छ। कागजात, हिसाबकिताब तथा योजनामा ध्यान दिनुहोला। अरूको आलोचनाभन्दा आफ्नै सुधारमा ध्यान केन्द्रित गर्दा फाइदा हुनेछ।
तुला राशि (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आज कला, संगीत, साहित्य वा सौन्दर्यसम्बन्धी काममा रुचि बढ्नेछ। साथीभाइसँगको सहकार्यले नयाँ सम्भावना खोल्न सक्छ। कसैको वचनमा मात्र भर नपरी आवश्यक कुरा स्पष्ट बुझ्नुहोला।
वृश्चिक राशि (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज मनमा राखेका केही योजनालाई व्यवहार८मा उतार्ने समय बन्न सक्छ। गोप्य वा व्यक्तिगत विषयमा विवेक अपनाउनुहोला। परिवारका ज्येष्ठ सदस्यको अनुभवले सही दिशा देखाउन सक्छ।
धनु राशि (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आज नयाँ ज्ञान र अनुभव प्राप्त गर्ने अवसर मिल्न सक्छ। धार्मिक स्थल, सांस्कृतिक कार्यक्रम वा यात्रासम्बन्धी योजना बन्नेछ। आफ्नो लक्ष्यप्रति स्पष्ट रहनुहोला। उत्साहमा समय व्यवस्थापन बिर्सनु हुँदैन।
मकर (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आज धैर्य र अनुशासनले जटिल काम पनि सहज बनाउन सक्छ। पुरानो जिम्मेवारी पूरा गर्ने अवसर प्राप्त हुनेछ। परिवारको आवश्यकतालाई बेवास्ता नगर्नुहोला। काममा परिणाम आउन केही समय लाग्न सक्छ।
कुम्भ राशि (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आज नयाँ सोच र फरक तरिकाले काम गर्ने प्रेरणा मिल्नेछ। सामाजिक सम्बन्ध विस्तार हुन सक्छ। साथीको सुझाव उपयोगी भए पनि अन्तिम निर्णय आफ्नै विवेकले लिनुहोला। पुरानो सम्पर्कबाट अवसर आउन सक्छ।
मीन राशि (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज कल्पनाशीलता र सेवाभाव बढ्नेछ। अरूलाई सहयोग गर्दा आफ्नो जिम्मेवारी पनि सम्झनुहोला। आध्यात्मिक तथा साहित्यिक गतिविधिमा मन रमाउनेछ। कुनै पुरानो इच्छा पूरा गर्ने बाटो देखिन सक्छ।
— गुरु संजिब विनोद चालिसे


NPL Special
NPL Special
NPL Special
NPL Special