काठमाडौं, मेष राशि
(चू, चे, चो, ला, ली, लू, ले, लो, अ)
आज कार्यक्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। आर्थिक कारोबारमा सोचविचार गरेर अघि बढ्नुहोला । यात्रामा सामान्य सावधानी अपनाउनुहोला।
वृष राशि
(ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
आज रोकिएका आर्थिक काममा गति आउन सक्छ। घरपरिवारमा आवश्यक सरसल्लाह गरेर निर्णय लिनु राम्रो हुनेछ। व्यापारमा नयाँ ग्राहकसँग सम्पर्क बढ्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्ने सम्भावना छ।
मिथुन राशि
(का, की, कु, घ, ङ, छ, के, को, हा)
आज बोली र व्यवहारले अरूको मन जित्न सकिनेछ। नयाँ व्यक्तिसँगको भेटघाटबाट उपयोगी जानकारी प्राप्त हुनेछ । आर्थिक विषयमा हतारमा निर्णय नगर्नुहोला।
कर्कट राशि
(ही, हू, हे, हो, डा, डी, डू, डे, डो)
आज मनमा रहेका केही योजना पूरा गर्न बाटो खुल्नेछ। जग्गाजमिन तथा घरायसी विषयमा छलफल गर्दा सावधानी अपनाउनुहोला। धार्मिक कार्यमा रुचि बढ्नेछ।
सिंह राशि
(मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आज नया जिम्मेवारी प्राप्त हुन सक्छ। आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्न सकिनेछ। सरकारी तथा प्रशासनिक काममा प्रयास गर्नुपर्ने देखिन्छ। सामाजिक प्रतिष्ठा बढ्नेछ।
कन्या राशि
(टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज अधुरा काम पूरा गर्न समय दिनुहोला। आर्थिक कारोबारमा स्पष्टता राख्नु राम्रो हुनेछ। विद्यार्थीहरूले एकाग्र भएर अध्ययन गरे राम्रो नतिजा प्राप्त गर्न सक्नेछन्।
तुला राशि
(रा, री, रु, रे, रो, ता, ती, तू, ते)
आज सामाजिक सम्बन्ध विस्तार गर्न सकिनेछ। आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखिए पनि लगानीअघि राम्रोसँग बुझ्नुहोला। पारिवारिक जमघट तथा धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ।
वृश्चिक राशि
(तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज धैर्य र परिश्रमले महत्वपूर्ण काम सम्पन्न गर्न सहयोग गर्नेछ। आर्थिक कारोबारमा अरूको भर पर्नुभन्दा आफ्नै विवेक प्रयोग गर्नुहोला। पुराना साथीबाट उपयोगी सल्लाह प्राप्त हुन सक्छ।
धनु राशि
(ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आज भाग्यभन्दा पनि कर्म र लगनशीलताले सफलता दिलाउनेछ। धार्मिक तथा आध्यात्मिक विषयमा रुचि बढ्नेछ। लामो समयदेखि सोचिरहेको काम अघि बढाउन सकिनेछ।
मकर राशि
(भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आज जिम्मेवारीपूर्वक काम गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक विषयमा दीर्घकालीन योजना बनाउन उपयुक्त समय छ। पारिवारिक विषयमा आफ्नो विचारभन्दा अरूको कुरा पनि सुन्नुहोला।
कुम्भ राशि
(गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आज नयाँ विचार र योजनाले प्राथमिकता पाउनेछन्। साथीभाइ तथा सहकर्मीसँग सहकार्य गर्दा राम्रो परिणाम आउन सक्छ। व्यापारमा नयाँ सम्भावना खोज्ने समय छ।
मीन राशि
(दी, दू, थ, झ, ञ, देड, दो, चा, ची)
आज आर्थिक कारोबार गर्दा हिसाबकिताब स्पष्ट राख्नुहोला। परिवारका सदस्यसँगको छलफलले पुरानो समस्याको समाधान खोज्न सहयोग गर्नेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा मन जानेछ।
— गुरु संजिब विनोद चालिसे



NPL Special
NPL Special