मुस्ताङ, मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते-धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन । निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि अलपत्र परेको छ ।
गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत निर्माण भइरहेको उक्त पुल थासाङ गाउँपालिकाका वडा नं २, ३ र ५ जोड्ने गरी निर्माण गर्न लागिएको हो । पुलले बेनी-जोमसोम सडकसँगै कालीगण्डकी नदीपारिका धप्पु, सिर्खुम, सौरु, टिटी, कुञ्जो र ताक्लुङलगायत गाउँलाई ग्रामीण सडक सञ्जालसँग जोड्नेछ ।
पुल निर्माणका लागि विसं २०७६ फागुन २९ गते देव एण्ड सायर कन्स्ट्रक्सनसँग रु पाँच करोड पाँच लाखमा ठेक्का सम्झौता भएको थियो । हालसम्म पाँचपटक म्याद थप गरिए पनि निर्माण सम्पन्न हुनसकेको छैन ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल


NPL Special
NPL Special
NPL Special
NPL Special