काठमाडौं, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुन:संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।
टर्कीयको अन्ताल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-३१) अन्तर्गत ‘एन्टाल्या कार्ययोजना प्रोटोकल: हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षकहरू’ विषयक उच्चस्तरीय मन्त्रीस्तरीय उद्घाटनसत्रको समूहगत छलफलमा सहभागी हुँदै मन्त्री पोखरेलले नेपालले शिक्षा प्रणालीमार्फत जलवायु अनुकूलनको दीर्घकालीन आधार तयार पारिरहेको जानकारी दिएका हुन् ।
छलफलका क्रममा मन्त्री पोखरेलले जलवायु सङ्कटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । एकातर्फ हिमालमा हिमताल विस्फोट, पहाडमा पहिरो तथा तराईमा बाढी र अत्यधिक तापक्रम (हिट वेभ) का कारण पठनपाठन अवरुद्ध भइरहेको छ भने अर्कातर्फ विगतमा विपद् जोखिम मूल्याङ्कन नगरी बनाइएका भौतिक संरचना असुरक्षित बनेको उनले उल्लेख गरे ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल
Previous Articleमेगास्पिडले एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेको बतायो
Next Article पोखराको कीर्तिमानी जित, काठमाडौँ ५५ रनले पराजित


NPL Special
NPL Special
NPL Special
NPL Special