काठमाडौं, एनभिडियाका चिप चीन पठाएको आरोपमा अनुसन्धान भइरहेको सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेशनलले संदिग्ध जासुसका रूपमा चिनिएकी एलिस हुआङले एक वर्षभन्दा बढी समयअघि नै कम्पनी छाडेको जनाएको छ ।
मेगास्पिडले दक्षिणपूर्वी एसियामा रहेका आफ्ना डाटा सेन्टरका लागि एनभिडियाका चिप खरिद गरी चीन पठाएर चिनियाँ कम्पनीहरूलाई अमेरिकी निर्यात नियन्त्रण छल्न सघाएको आशङ्का गरिएको छ ।
कम्पनीकी पूर्वनिर्देशक हुआङलाई अमेरिकी सञ्चारमाध्यमले कथित चिनियाँ गुप्तचर सम्पत्तिका रूपमा पहिचान गरेका छन् । उनको एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङसँग सम्बन्ध रहेको दाबीसमेत सार्वजनिक भएको छ ।
“सुश्री एलिस हुआङले सन् २०२५ अगस्ट ३० देखि मेगास्पिड छाडिसक्नुभएको र हाल कम्पनीमा उहाँको कुनै भूमिका छैन,” एएफपीको प्रश्नको जवाफमा कम्पनीले आइतबार भनेको छ ।
कम्पनीले हुआङका व्यक्तिगत तथा निजी मामिलाबारे टिप्पणी नगर्ने पनि जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मेगास्पिडले एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेको बतायो
Previous Articleउपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा


NPL Special
NPL Special
NPL Special
NPL Special