काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ र रुसी राष्ट्रपतिसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने तयारी गरिरहेका बेला जापानी प्रधानमन्त्री साने ताकाइचीले उनीसंग भेटवार्ता गरेका छन् । जापानको विदेश मन्त्रालयका अनुसार दुवै नेताबीच मङ्गलबार फिलिपिन्सको मनिलामा आयोजित रात्रिभोजका क्रममा कुराकानी भएको हो ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले आयोजना गरेको रात्रिभोजमा भएको भेटमा दुवै नेताले इन्डो-प्यासिफिक क्षेत्रका विषयमा निकट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको जापानी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री ताकाइची बुधबार एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जाँदै छन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकाठमाडौँको मेयरमा सुमना श्रेष्ठको उम्मेदवारी घोषणा


NPL Special
NPL Special
NPL Special
NPL Special