काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहले आगामी मंसिर १६ गते कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने भएका छन्।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा औपचारिक उद्घाटन समारोह आयोजना हुनेछ। कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सातै प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ।
प्रतियोगितामा ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ। विभिन्न जिल्लामा सञ्चालन हुने प्रतियोगितामा ६ हजारभन्दा बढी खेलाडी र तीन हजारको हाराहारीमा पदाधिकारी तथा अधिकारी सहभागी हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय खेलकुदले नयाँ प्रतिभावान् खेलाडी पहिचान गर्नुका साथै कर्णालीको पर्यटन, संस्कृति र खेल पूर्वाधार विकासमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special