भुरीगाउँ, कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएसँगै त्यसको तयारी तीव्र पारिएको छ । प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल हुँदैछन् ।
ती खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापनलाई तीव्रता दिइएको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले जानकारी दिए ।
अहिले नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा रङरोगन र टायल परिवर्तन गर्ने तथा आवश्यक मर्मतसम्भारका काम भइरहेका छन् । पौडी पोखरीको अवस्था सामान्यतः राम्रो भए पनि बाहिरी भागका टायल उप्किएको र रङरोगन आवश्यक रहेकाले सुधारको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिउए ।
यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिकाको भुरीगाउँस्थित खोखो कभर्ड हललाई प्रतियोगिताका लागि तयार पारिएको छ ।
दशौँ खेलकुदअन्तर्गत यही मङ्सिर ८ गतेदेखि विभिन्न विधामा प्रतिस्पर्धा हुँदैछन् । राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भने यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया
Previous Articleसात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुल


NPL Special
NPL Special
NPL Special
NPL Special