काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरमा उपाधिको ट्रफी सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा पुर्याइनेछ।
टोलीका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका विभिन्न जिल्लामा पुर्याउन लागिएको बताए। यसमार्फत समर्थक र स्थानीय समुदायसँग उपाधि जितको खुसी साट्ने लक्ष्य राखिएको छ।
ट्रफी टूर अछाम र बाजुराबाट सुरु भई डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, कैलाली र कञ्चनपुर हुँदै अघि बढ्नेछ। अन्तिम दिन मंसिर २० गते धनगढीमा र्याली तथा सांगीतिक कार्यक्रम आयोजना गरी टूर समापन गरिनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special