काठमाडौं, नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा सहभागी हुने १० वटै टोलीको टुंगो लागेको छ। बोलपत्र प्रक्रियाबाट धरान, वीरगञ्ज र सुर्खेतका तीन नयाँ टोली छनोट भएसँगै सहभागी टोली निश्चित भएका हुन्।
एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार तीन टोलीका लागि २० वटा प्रस्ताव परेको थियो। धरानको प्रतिनिधित्व हिमालय टेलिभिजन नेटवर्क, वीरगञ्जको अल स्टार स्पोर्ट्स म्यानेजमेन्ट र सुर्खेतको एलाइड कन्टिनेन्टलले गर्नेछन्।
यसअघि नै काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी छनोट भइसकेका थिए। फागुन १ गतेदेखि सुरु हुने प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन हुनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special