काठमाडौं, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले आज सार्वजनिक गरेको नयाँ पैरवी प्रतिवेदनमा नेपालका लाखौँ बालबालिका जलवायु परिवर्तन, वातावरणीय प्रदूषण तथा विपद्का जोखिमबीच हुर्किरहेको उल्लेख गर्दै त्यसले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा र भविष्यमा गम्भीर असर पारिरहेको जनाएको छ ।
प्रतिवेदन अनुसार नेपालमा ७३ लाख बालबालिका खडेरीको जोखिममा छन् । यसबाट खानेपानी, जीविकोपार्जन, कृषि उत्पादन र पोषणमा असर पर्ने देखिएको छ । यस्तै, ५७ लाख बालबालिका अत्यधिक गर्मीको जोखिममा छन् भने २९ लाख बालबालिका वर्षाजन्य पहिरोको जोखिममा रहेका छन् । अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्य, सिकाइ र दैनिक जीवनमा असर पारिरहेको प्रतिवेदनमा उल्लेख छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleट्रकको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिनाको मृत्यु



NPL Special
NPL Special