धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सबैलाबाट धनुषाधामतर्फ जाँदैगरेको मधेश प्रदेश ०२-०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदैगरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराती ठक्कर दिदाँ मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ७ निवासी २० बर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते धिरजलाई तत्काल उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएकोमा तत्काल चिकित्सकले मृत घोषणा गरेको हो ।
सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार १६ बर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका २ निवासी २० बर्षीय राकेश मण्डल घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैँको शुभकामना
Next Article राइनो दौड प्रतियोगिता कात्तिक १४ मा हुने


