नेपालले टर्किएको अन्ताल्यामा हुने कोप–३१ सम्मेलनमा जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषय उठाउने तयारी गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा सहभागी हुने प्रतिनिधिमण्डलले जलवायु वित्त र विपद्पछिको पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोगमा जोड दिनेछ। सम्मेलनअघि कात्तिक १२ गते राष्ट्रिय छलफल गरी नेपालको अवधारणापत्र सार्वजनिक गरिनेछ। नेपालले हानि–नोक्सानीसम्बन्धी कोषबाट शीघ्र सहायता प्राप्त गर्ने विषयमा पनि पैरवी गर्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


