देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल हिमाली र पहाडी भूभागमा आंशिक बदली रहे पनि तराईमा मौसम मुख्यतया सफा छ। बुधबार हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


