नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजया दशमी मनाइँदै छ। यस अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा र देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ। साइतमा टीका लगाउँदा मान्यजन पूर्व र टीका थाप्ने व्यक्ति पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


