काठमाडौं महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ। वसन्तपुरबाट सम्पदा यात्रासहित सुरु हुने महोत्सवमा नेपाल पानोरामा, अन्तर्राष्ट्रिय पानोरामा र सर्ट फिल्म भिडियो च्यालेञ्जअन्तर्गत ४० वटा चलचित्र प्रदर्शन गरिनेछन्। दर्शकका लागि फिल्म प्रदर्शन निःशुल्क हुनेछ भने सिट सुरक्षित गर्न निःशुल्क टिकट लिनुपर्नेछ। महोत्सवमा मास्टर क्लास, अन्तरक्रिया, रेड कार्पेट कार्यक्रम र चलचित्रसम्बन्धी पुरस्कार वितरणसमेत गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


