पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।
‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ भन्ने थिम रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ।
सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।


