अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु६४प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा भूमिकास्थान-८ का अन्दाजी ६२ वर्र्षीय देवीराम आचार्य र उहाँका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए। छोराको नाम खुलिसकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता
Next Article विपद्का कारण राजमार्ग प्रभावित


