पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलत नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन् । कर्णालीले ३० वर्षीय तलतलाई आज विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो ।
“पाकिस्तानका अलराउन्डर हुसेन तलत अब आधिकारिक रूपमा कर्णाली याक्सका सदस्य बनेका छन्,” कर्णालीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।
तलतले पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तरराष्ट्रिय र टी-२० अन्तरराष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले १२ एकदिवसीय खेलमा २२४ रन तथा २३ टी-२० अन्तरराष्ट्रिय खेलमा ४४१ रन जोडेका छन् । टी-२० अन्तरराष्ट्रियमा उनको नाममा सात विकेट पनि छ ।
घरेलु तथा विभिन्न ‘फ्रेन्चाइज’ प्रतियोगितामा नियमित खेल्दै आएका तलतसँग टी-२० क्रिकेटमा राम्रो अनुभव छ । अलराउन्डर तलतले अहिलेसम्म २०४ खेलबाट तीन हजार ९५० रन बनाएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबडादसैँको टीका आज पनि लगाइँदै


