पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् ।
काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका-४ हलगडास्थित कोशी लोकमार्गमा मोटरसाइकलाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी-८ का ६२ वर्षीय छत्रबहादुर भण्डारीको मृत्यु भएको छ ।
यस्तै, मकवानपुरको बकैया गाउँपालिका -५ श्रीपुरमा अटो ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका-५ डिल्लेचोकस्थित भित्री सडकमा मोटरसाइकलले सोही ठाउँका ७० वर्षीय बलबहादुर विकलाई ठक्कर दिँदा निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पृथ्वीराजमार्ग हुँदै तनहुँको डुम्रेबाट दमौलीतर्फ गइरहेको गाडीले व्यास नगरपालिका-१ अम्रेनी भन्ने स्थानमा ठक्कर दिँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ । निजको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ५ को मृत्यु, ३१३ घाइते
Previous Articleदसैँको दोस्रो दिन पनि रोजगारीको खोजीमा बिदेसिँदै नेपाली
Next Article विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट


