विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ । नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैँ मनाइएको छ । विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनहरुबाट आशीर्वाद लिने गरिन्छ ।
गत बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी हो । त्यसदिन टीका थाप्न नभ्याएका तथा अन्यत्र आफन्त एवं मान्यजनकहाँ जानुपर्नेहरुले बिहीबार एकादशी र आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर विजयादशमीको टीका थापिरहेका छन् ।
बडादसैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने र दसैँ मनाउने प्रचलन रहिआएको छ । विजयादशमीको तेस्रो दिन आज सर्वसाधारणको चहलपहल काठमाडौँ उपत्यकामा केही बढेको देखिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


