बेनी नगरपालिका-३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो । बेनी नगरपालिका-३ का वडाअध्यक्ष पदम पुनले चारखोलाको ओसेपिलो उत्तिसको जङ्गलभित्र लगाएको अलैँचीले राम्रो उत्पादन दिन थालेपछि अन्य किसानहरुले पनि विस्तार गर्न थालेका जानकारी दिए ।
अध्यक्ष पुनका अनुसार अनुकूल हावापानी, भूगोल, बजार र उचित मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाडी फाँडेर २० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा अलँैची लगाएको हो । यस ठाउँमा ५० वर्षअघि पहिरोले खेतीयोग्य जमिन मासिएपछि पछिल्लो समय झाडीमा परिणत भएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleविद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट
Next Article युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार


