नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न कर्णाली याक्समा अनुबन्धित बंगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल आइपुगेका छन्। सन् २०२० मा बंगलादेशलाई यू–१९ विश्वकप जिताउने कप्तान अकबर र टी–२० प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका अरिफुललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्लबका प्रतिनिधिले स्वागत गरेका थिए। एनपीएल कात्तिक ९ गतेदेखि सुरु हुँदैछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


