म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ ।
बेनी-नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुख्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी काम छिटो गर्न खोजिए पनि पहिरो नरोकिएकाले सडक खुलाउन समय लागेको बताए ।
“दसैँको समयमा आवत-जावत गर्ने यात्रुको चापलाई दृष्टिगत गरी तत्काललाई सडक खुलाए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ”, उनले भने, “दसैँको चहलपहल सकिएपछि पहिलोसँग सम्बन्धित बाँकी काम गरी भरपर्दाे एवं जोखिमरहित सडक निर्माण गर्ने योजना छ ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदसैँ मनाएर उपत्यका फर्किने बढ्दै
Next Article यसवर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो


