दसैँका समयमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ । त्यसैगरी, दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पनि सात जनाले घटेको छ । यसले चाडपर्वका समयमा सडक सुरक्षामा गरिएको तयारी र निगरानी प्रभावकारी भएको देखाएको ट्राफिक प्रहरीको भनाइ छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यस वर्ष भएका अधिकांश दुर्घटना दुईपाङ्गे्र सवारीसाधनसँग सम्बन्धित रहेको जानकारी दिए ।उनका अनुसार तीव्र गतिका कारण सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटना हुने गरेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleहप्ता दिनदेखि बन्द बेनी-दरवाङ सडक सञ्चालन
Next Article स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु


