धान पाक्ने समय नजिकिएसँगै झापाका किसानमा जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ ।
चाडपर्वको समयमा मानिसहरूको चहलपहल बढ्ने र बिहान-बेलुका तथा रातको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले प्रभावित बस्तीमा ‘माइकिङ’मार्फत सचेतना फैलाइरहेको छ । हात्तीको आवतजावत हुने क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र अँध्यारो समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


