बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। मुम्बईकी मेयर रितु तावडेलाई पठाइएको इमेलमा बच्चनको ‘जलसा’ बंगलामा बम विस्फोट गराउने र दोसाँझलाई आत्मघाती हमलामा निशाना बनाउने चेतावनी दिइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


