आगामी कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाटुलो जून’को ‘अल्लारे ठिटो आयो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। पुरानो नेपाली मौलिक परिवेश र प्रेम कथामा आधारित यस गीतको भिडियोमा अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडाको आकर्षक अभिनय र दोहोरी नोकझोक प्रस्तुत गरिएको छ। भुवन केसीद्वारा निर्देशित यस चलचित्रको सार्वजनिक गीतमा रुबै र प्रविण बेडुवालको सुमधुर स्वर रहेको छ भने रूप महानताले यसमा संगीत भरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


