उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु समेटिएको भिडियो गेम ‘कल अफ ड्युटीः मोडर्न वारफेयर ४’ दक्षिण कोरियामा सर्वाधिक बिक्री हुने गेम बनेको छ । वास्तविक जीवनमा दुई कोरियाबीचको सीमा तनाव बढिरहेका बेला सार्वजनिक भएको यो गेमले त्यहाँका खेलाडीको ध्यान खिचेको छ ।
शुक्रबार सार्वजनिक भएको लोकप्रिय ‘कल अफ ड्युटी’ शृङ्खलाको पछिल्लो संस्करण विश्वव्यापी तथा दक्षिण कोरियाली बिक्री सूचीमा शीर्ष स्थानमा पुगेको छ । पीसी गेमको प्रमुख डिजिटल वितरण प्लेटफर्म ‘स्टीम’ का अनुसार, गेमले दुवै बजारमा राम्रो प्रदर्शन गरेको छ ।
गेमको कथावस्तुमा अमेरिकी र रुसी तनावसँगै उत्तर कोरियाको सत्ता सङ्घर्ष र दक्षिण कोरियामाथिको आकस्मिक आक्रमणलाई प्रस्तुत गरिएको छ । कथाको सुरुआत उत्तर कोरियाली सेनाले प्याराट्रुपर र भूमिगत सुरुङ प्रयोग गरी दक्षिण कोरियाली तथा अमेरिकी सेनामाथि आक्रमण गरेपछि हुन्छ । खेलाडीले युवा अमेरिकी तथा दक्षिण कोरियाली सैनिक र उत्तर कोरियाका नयाँ नेतासहित विभिन्न पात्रको भूमिका निर्वाह गर्न सक्छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
Previous Articleयुक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप


