नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई रोमाञ्चक रूपमा पराजित गरेको छ। विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा पूरा गर्यो। कप्तान सोमपाल कामीले ३२ बलमा चार चौका र तीन छक्कासहित अविजित ६२ रन बनाए। उनले गुल्सन झासँग सातौँ विकेटका लागि ६४ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special