सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ ।
केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत रु ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए ।
एसियाली विकास बैंक सहयोगमा निर्माण हुने उक्त पुल सञ्चालनमा आएपछि पूर्व-पश्चिम राजमार्गको १४ किमी यात्रा कम हुनेछ ।
निर्देशक ढकालले भने, “अहिले नयाँ पुल तथा सडक निर्माणसम्बन्धी आवश्यक प्राविधिक तयारी भइरहेको छ ।” त्यस परियोजनाअन्तर्गत विशिष्ट प्रकृतिको पुलसँगै ४३ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ । हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अगाडि बढिरहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कोशी ब्यारेजको विकल्पमा सप्तकोशीमा नयाँ पुल निर्माण हुने
Previous Articleडिङ्बोचेको पुरानो ‘गुड लक होटल’ आगलागीमा जलेर नष्ट
Next Article इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने



NPL Special
NPL Special