काठमाडौँ, कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का बाँकी खेलका लागि बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ ।
कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा भित्र्याइएको जानकारी दिए । उनका अनुसार जिशनको आगमनले टोलीको शीर्षक्रम थप मजबुत हुनेछ ।
एक्काइस वर्षीय जिशन बङ्गलादेशको उमेर समूह हुँदै ‘ए’ टोलीबाट खेलिसकेका ब्याटिङ अलराउन्डर हुन् । उनले बङ्गलादेशका फ्रेन्चाइज टोली राजशाही वारियर्स र दुरबार राजशाहीबाट खेलेका छन् ।
उनी कर्णालीमा आबद्ध हुने तेस्रो बङ्गलादेशी खेलाडी हुन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleफ्लोरिडामा विमान दुर्घटना: ९ जनाको मृत्यु



NPL Special
NPL Special