काठमाडौं, सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। सोमबार बिहान दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। बरामद गाँजा आठ वटा पोकामा राखिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleहिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
Next Article कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक



NPL Special
NPL Special